खेल


ला लिगाका नयाँ महँगा खेलाडी जो चम्कन सकेका छैनन्

ला लिगाका नयाँ महँगा खेलाडी जो चम्कन सकेका छैनन्

नेपालखबर
असोज १२, २०७६ आइतबार ११:३८,

त्यही पनि यस सिजन महँगो मूल्यमा अनुबन्ध भएका खेलाडीहरु चम्कन सकेका छैनन्।

बार्साका एन्टोनी ग्रीजम्यान, रियल मड्रिडका ह्याजार्ड र एथ्लेटिको मड्रिडका जोआ फिलिक्स यस सिजन ला लिगामा महँगो मूल्यमा अनुबन्ध भएका खेलाडीहरु हुन्।

यिनीहरु अनुबन्ध गर्न ला लिगाका क्लबले ३ सय मिलियन युरोभन्दा बढी खर्च गरे। यद्यपी उनीहरुबाट क्लब सन्तुष्ट छैनन्।

बार्साले एथ्लेटिको मड्रिडबाट ग्रीजम्यानलाई १ सय २० मिलियन युरोमा अनुबन्ध गरेको हो।

रियल मड्रिडले चेल्सीबाट इदेन ह्याजार्डलाई १ सय ४६ मिलियन युरोमा अनुबन्ध गरेहो भने जोआ फिलिक्सलाई एथ्लेटिको मड्रिडले बेनिफिकाबाट १ सय २६ मिलियन युरोमा अनुबन्ध गरेको हो।

तर यिनीहरुको सुरुवाती प्रदर्शन हेर्दा सन्तोषजनक देखिँदैन। ग्रीजम्यानले बार्साबाट ८ खेल खेलिसक्दा मात्र ३ गोल गरेका छन्। २ गोलका लागि पास दिएका छन्।

ह्याजार्डले मड्रिडबाट ३ औपचारिक खेल खेलेका छन् तर उनले गोल गर्न सकेका छैनन्। गोलका लागि पास दिन पनि सकेका छैनन्।

जोआ फिलिक्सले पनि ८ खेल खेलेका छन्। उनले २ गोल गर्दा एक गोलका लागि पास दिएका छन्।

फुटबल पण्डितहरुका अनुसार जतिबेला मेस्सी र रोनाल्डो प्रतिस्पर्धीका रुपमा खेल्थे। उनीहरु गोल मेसिनजस्तै थिए।

नयाँ महँगा खेलाडीले रोनाल्डो र मेस्सीको स्थान लिन नसक्ने अनुमान गरिएको छ। मार्का

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad