खेल


क्यानको अध्यक्षमा चन्दको प्यानलै विजयी

क्यानको अध्यक्षमा  चन्दको प्यानलै विजयी

नेपालखबर
असोज ११, २०७६ शनिबार ९:५७,

शनिबार सम्पन्न क्यानको विशेष चुनावी साधारणसभामा १७ सदस्यीय पदका लागि भएको निर्वाचनमा सम्पूर्ण चन्द पक्षकै प्रत्यासीहरु विजयी भएका हुन्।

प्रतिस्पर्धी विनयराज पाण्डेलाई २९ मतले पछि पार्दै चन्द अध्यक्षमा चुनिएका हुन्। जम्मा ५९ मतदाता रहेको क्यानमा चन्दले ४४ र पाण्डेले १५ मत प्राप्त गरे।

मिङ्मा डन्डु शेर्पालाई २४ भोटले पराजित गर्दै चन्दकै प्यानलका राजबाबु श्रेष्ठ उपाध्यक्षमा निर्वाचित भए। शेर्पाले १७ भोट ल्याउँदा श्रेष्ठले ४१ मत प्राप्त गरे।

सचिव पदमा चन्दकै प्यानलका अशोकनाथ प्याकुरेल विजयी भए। उनले सचिव पदका प्रत्यासी विनोदकुमार मैनालीलाई २८ मतले पराजित गरे। प्याकुरेलले ४३ र मैनालीले १५ भोट प्राप्त गरे।

कोषाध्यक्षमा रोशन कुमार सिंह निर्वाचित भए। उनले उपेन्द्र भट्टाराईलाई ३३ भोटले पछि पारे। सिंहले ४५ र भट्टराईले १२ भोट पाए।

एकमात्र महिला सदस्यमा जयन्ती भट्ट निर्विरोध निर्वाचित भएकी थिइन्। यस्तै प्रदेश सदस्यतर्फ सुदूरपश्चिम प्रदेशका विक्रम विष्ट, कर्णालीबाट पदम बहादुर खड्का, प्रदेश ५ का प्रशान्तबिक्रम मल्ल, गण्डकीबाट ऋषिराम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निर्विरोध निर्वाचित भएका थिए।

त्यस्तै प्रदेश १ बाट लाक्पा लामालाई १६ भोटले पराजित गर्दै कैलाश विष्ट निर्वाचित भए। कैलाशले ३७ र लाक्पाले २१ मत प्राप्त गरे। यस्तै प्रदेश ३ बाट कैलाश प्रधानलाई २० मतले पराजित गर्दै अमितवीर पाण्डे सदस्यमा चुनिए। अमितले ३९ तथा कैलाशले १९ मत पाए।

यस्तै ५ सदस्यीय खुला सदस्यका लागि भएको निर्वाचनमा वीरेन्द्रबहादुर चन्द ३६, दुर्गाराज पाठक ४२, करन महोत्रा क्षेत्री ३०, माधवकुमार कर्माचार्य ३५, संजयराज सिंह ३४ मतका साथ विजयी भए।

खुला सदस्यमा १४ मत ल्याएका अर्जुन पौडेल, २८ मत ल्याएका धिरेन्द्र साउद, १५ मत ल्याएका जगतबहादुर टमटा, १७ मत ल्याएका नरेश राणा, २० मत ल्याएका पवनकुमार अग्रवाल, १६ मत ल्याएका प्रफुल्ल बैद्य पराजित भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad