इटालिएन सिरि एमा शनिबार क्रिस्टियानो रोनाल्डोको युभेन्ट्सले स्पाल क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार साँझ ६ बजेर ४५ मिनेटमा सुरुवात हुनेछ।
यसैबीच शनिबार नै लिग वानमा नेमार आवद्ध क्लब पीएसजीले बोर्डिएक्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ।
खेल नेपाली समयअनुसार ९ बजेर १५ मिनेटमा सुरुवात हुनेछ।
सिरि एमा युभेन्ट्स १३ अंकसहित दोस्रो स्थानमा रहेको टोली हो भने लिग वानमा पीएसजी १५ अंकसहित शीर्ष स्थानमा रहेको टोली हो।
3
Shares

प्रतिक्रिया