नेपालका लागि नेपाली अभियानका अभियन्ता ज्ञानेन्द्र शाही चितवनमा कुटिएका छन्।
शनिबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थीले उनीमाथि कुटपिट गरेका हुन्।
‘नेपालका लागि नेपाली’ अभियानका अभियान्त रहेका शाहीलाई कुटपिटपछि प्रहरीले उद्धार गरेको छ।
भरतपुर महानगरपालिकाको चौबीसकोठीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्न पुगेका शाहीलाई विद्यार्थीहरुले आक्रमण गरेका हुन्। कार्यक्रममा सुरेन्द्र भण्डारी, ज्ञानेन्द्र शाही लगायतले सम्बोधन गर्ने बतार्ईएको थियो ।
विद्यार्थीहरुले शाहीका विरुद्ध नारावाजी गर्नुका साथै ब्यानर च्यातेपछि सुरक्षाका कारण देखाउँदै प्रहरीले कार्यक्रम रोकेको थियो। कार्यक्रम रोकिएपछि शाही आरम गर्न भन्दै होटल ग्लोबलमा बसेका थिए।
सोही क्रममा विद्यार्थीहरुले राजवादीलाई कार्यक्रम गर्द दिँदैनौ भन्दै शाहीमाथि आक्रमण गरेका हुन्। विद्यार्थीले शाही चढेको गाडीमा समेत तोडफोड गरेका छन्।
शाहीको टाउकोमा चोट लागेको र उनको अहिले चितवन मेडिकल कजेलमा उपचार भइरहेको छ।
दुवैपक्षबीच सम्भावित झड्पलाई मध्यनजर गर्दै प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ।

प्रतिक्रिया