यसबीचमा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लबले नेमार पीएसजीबाट फिर्ता ल्याउन अझ बढी गृहकार्य गरेको भए अवस्था अर्कै हुने धारणा राखेका छन्।
मेस्सीले बार्साले नेमार अनुबन्ध गर्न हरसंभव प्रयास नगरेको बताएका हुन्।
‘यदी नेमार बार्सामा पुनः अनुबन्ध भएको भए म निकै खुशी हुने थिए।’ मेस्सीले स्पोर्ट्ससँग भने,‘तर इमानदारीका साथ भन्छु मलाई केही थाहा छैन बार्साले नेमार फर्काउन हरसंभव प्रयास गर्यो भनेर।’
ट्रान्सफर विन्डोज समाप्त हुँदासम्म बार्साका प्रतिनिधि पेरिसमै थिए। तर सहमति हुन सकेन। मेस्सी भन्छन्,‘पीएसजीसँग सम्झौता गर्नु पनि गाह्रो विषय हो।’
‘खेलको हिसाबमा नेमार विश्वका एक सर्वश्रेष्ठ खेलाडी हुन्।’ मेस्सीले भने,‘मैले कहिल्यै नेमारलाई ल्याउनुपर्छ भनेर भनिन, मैले त नेमार आए राम्रो भनेर विचार मात्र दिए।’
‘म निराश पनि छैन। किनभने हामीसँग नेमारबिना पनि शानदार टोली छ।’ मेस्सीले बार्सा छाड्ने मनसाय नभएको बताउँदै भने,‘यो मेरो घर हो र म यसलाई छाड्न चाहन्न। बरु जित दिलाउन चाहन्छु।’ मार्का

प्रतिक्रिया