फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप- २०२६ मा अर्जेन्टिनी कप्तान लियोनल मेसीकै बराबर गोल गरेका छन्।
एम्बाप्पे जारी विश्वकपको सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीसँगै आइपुगेका हुन्।
अहिलेसम्मको खेलमा दुवैले समान ६-६ गोल गरेका छन्।
एम्बाप्पेको उमेर २७ वर्ष मात्रै छ। मेसी भने ३९ वर्षका भए। एमबाप्पेकै दुई गोल मद्दतमा फ्रान्सले आज बिहान स्वीडेनलाई ३-० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
एम्बाप्पेले जारी विश्वकपमा ४ खेलमा ६ गोल गरिसकेका छन्। जारी खेलमा एम्बाप्पेले आफ्नो टिमको लागि २ गोलमा मद्दतसमेत गरेका छन्।
मेसीले समूह चरणमा अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए। त्यसैगरी उनले जोर्डनविरुद्धको खेलमा १ गोल गरे भने अस्ट्रियाविरुद्धको खेलमा २ गोल गरे।
एमबाप्पेले समूह चरणमा सेनेगल र इराक विरुद्ध २-२ गोल गरेका थिए। आज स्वीडेन विरुद्धको खेलमा उनले थप २ गोल गरेका हुन्।
अब एमबाप्पे मेसीसँगै गोल्डेन बुटको दावेदारको रुपमा अगाडि आएका छन्। अहिलेसम्म नर्वेका एर्लिङ हालान्डले ५ गोल गरेका छन्।
Shares

प्रतिक्रिया