फिफा विश्वकप-२०२६ अन्तर्गत हाल जारी खेलको पहिलो हाफ सकिँदा मेक्सिकोले इक्वेडरविरुद्ध २-० को अग्रता बनाएको छ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ भर्खरै सकिँदा मेक्सिकोले अग्रता फराकिलो बनाएको हो।
मेक्सिको विश्वकप-२०२६ को सह-आयोजक समेत हो।
खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो गोल गर्दै मेक्सिकोको लागि गोलको खाता खोलेका थिए।
३१औँ मिनेटमा राउल जिमेनेजले मेक्सिकोको लागि दोस्रो गोल गरेका छन्।
मेक्सिकोले इक्वेडरलाई दबाबमा राखेर खेलिरहेको छ।
यसअघि मेक्सिकोले दक्षिण कोरियालाई १–० र चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको थियाे। उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २–० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित छ।
33
Shares

प्रतिक्रिया