फ्रान्सका कप्तान किलियन एम्बाप्पेले फिफा विश्वकप-२०२६ मा अर्जेन्टिनी कप्तान लियोनल मेसीकै बराबर गोल गरेका छन्।
एम्बाप्पे जारी विश्वकपको सर्वाधिक गोल गर्ने सूचीमा लियोनल मेसीकै बराबरीमा उक्लिएका हुन्।
जारी विश्वकपको अहिलेसम्मको खेलमा यी दुवै स्टार खेलाडीले समान ६-६ गोल गरेका छन्।
एम्बाप्पेको उमेर २७ वर्ष मात्रै छ। मेसी भने ३९ वर्षका भए। एम्बाप्पेकै दुई गोल मद्दतमा फ्रान्सले आज बिहान स्वीडेनलाई ३-० गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
एम्बाप्पेले जारी विश्वकपमा ४ खेलमा ६ गोल गरिसकेका छन्। विश्वकपका जारी खेलमा एम्बाप्पेले आफ्नो टिमको लागि २ गोलका लागि अन्य खेलाडीलाई मद्दतसमेत गरेका छन्।
मेसीले समूह चरणमा अल्जेरिया विरुद्धको खेलमा ह्याट्रिक गरेका थिए। त्यसैगरी उनले जोर्डनविरुद्धको खेलमा १ गोल गरे भने अस्ट्रियाविरुद्धको खेलमा २ गोल गरे।
एमबाप्पेले समूह चरणमा सेनेगल र इराक विरुद्ध २-२ गोल गरेका थिए। आज स्वीडेन विरुद्धको खेलमा उनले थप २ गोल गरेर गोल्डेन बुट (सुनको जुत्ता)को दौडमा आफूलाई अगाडि बढाएका हुन्।
अहिलेसम्म नर्वेका एर्लिङ हालान्डले ५ गोल गरेका छन्।
सन् २०२२ को विश्वकपको गोल्डेन बुट पनि एम्बाप्पेले नै जितेका थिए।
त्यतिबेला फ्रान्सले फाइनलमा अर्जेन्टिनासँग हार्दा एम्बाप्पेले गोल्डेन बुटमै चित्त बुझाउनु परेको थियो।
हेर्नुहोस् थप तस्बिर














Shares

प्रतिक्रिया