फिफा विश्वकप-२०२६ अन्तर्गत बुधबार बिहाहन सकिएको खेलमा मेक्सिकोले इक्वेडरविरुद्ध २-० को जित हासिल गरेको छ।
यो जितसँगै मेक्सिको जारी विश्वकपको अन्तिम १६ (प्रिक्वाटर्डफाइनल)मा प्रवेश गरेको छ।
मेक्सिको जारी विश्वकपको सहआयोजक राष्ट्रसमेत हो।
मेक्सिको सिटी स्टेडियममा बुधबार भएको राउन्ड अफ ३२ को खेलको पहिलो हाफमा मेक्सिकोले २ गोल गरेको हो। खेलको दोश्रो हाफमा भने दुवै टोलीबाट कुनै गोल हुन सकेन।
खेलको २१ औँ मिनेटमा जुलियन क्विनोनेसले पहिलो र ३१औँ मिनेटमा राउल जिमेनेजले दोस्रो गोल गरे।
यसअघि मेक्सिकोले समूह चरणको खेलमा दक्षिण कोरियाविरुद्ध १-० र चेक गणतन्त्रविरुद्ध ३-० को जित हात पारेको थियो।
उसले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गरेको थियो। मेक्सिको जारी विश्वकपमा अहिलेसम्म अपराजित रहँदै अन्तिम १६ मा पुगेको हो।
हेर्नुहोस् तस्बिर





















Shares

प्रतिक्रिया