नायिका उषा रजकले सामाजिक सञ्जालमा मध्यरातमा सन्जोक कार्की नामका व्यक्तिले फोन गरेर ‘मेन्टल ह्यारेसमेन्ट’ गरेको बताएकी छिन्। च्याट स्क्रिनसट समेत सार्वजनिक गर्दै उनले बताएअनुसार ह्यारेस गर्ने व्यक्ति सन्जोक कार्की हुन्।
सामाजिक सञ्जालमा भिडियोमार्फत् उनले दाबी गरेकी छिन्– 'सन्जोक गृहमन्त्री सुदन गुरुङका स्वकिय सचिव जेम्स कार्कीका भाई हुन्।'
उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट च्याटको 'स्क्रिनसट' पनि सार्वजनिक गरेकी छिन्। 'स्क्रिनसट' अनुसार मेसेन्जरमा सञ्जोकले राति ३:१९, ४:०४ र ४:२३ बजे लगातार तीन पटक कल गरेको देखिन्छ।
साइबर ब्युरोमा यस विषयमा उजुरी गरेको र प्रहरीले रिपोर्ट लिन नमानेको भन्दै भिडियोमा उनी भावुक देखिएकी छिन्। ‘साइबर प्रिरहरीले पोर्ट गर्नका लागि अर्को मान्छेले अपराधका केही शब्द वा अब्युज गरेको शब्द लेखेको हुनुपर्छ भन्नुभयो’, उनले भनेकी छिन्, ‘यो मान्छेलाई एक पटक सम्झाइदिनु भए पनि हुन्छ भन्दा पनि मिल्दै मिल्दैन, मिल्दै मिल्दैन भन्नुभयो।’
भ्रस्टाचार र शक्ति दुरुपयोगले गर्दा नै यो (जेनजी) क्रान्ति आएको भन्दै उनले उल्लेख गरेकी छिन्, ‘क्रान्तिपछि आएको प्रतिनिधित्वलाई तपाइँले इज्जत गर्नुहुन्छ भने यसरी बेइज्जत गरेर नहिँड्नुहोस्।’ उसाले सार्वजनिक गरेको सञ्जोक कार्की नामको फेसबुक अकाउन्टलाई मेसेन्जरमार्फत यो विषय के हो? भनेर प्रश्न गर्दा कुनै जवाफ आएन। जेम्सले फोन उठाएनन्।
Shares

प्रतिक्रिया