खेल


त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाः मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाः मलेसियाविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ७:१९,

त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत आज लिग चरणको अन्तिम खेल हुँदै छ।

शृंखलाको आजको खेलमा मलेसियाले टस जितेर फिल्डिङ रोजेको छ।

त्रिवि मैदान कीर्तिपुरमा केहीबेरमा सुरु हुने खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।

यसअघि शृंखलाअन्तर्गत भएको खेलमा नेपालले ४७ बल बाँकी हुँदै मलेसियालाई ९ विकेटले पराजित गरेको थियो। हिजाे भएकाे खेलमा मलेसिया र नेदरल्यान्ड्सबीचकाे खेल टाइ हुँदा नेपाल फाइनल पुगिसकेकाे छ। 

यस्तो छ टिमः
नेपालः ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल, सुशन भारी, कमलसिंह ऐरी र कुशल मल्ल

मलेसियाः फैज, विरनदीप, अरुद्दिन, अजिज, मोगन, मुनिएन्डी, रहमान, राम्ली, शाम र वफिक

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad