राजनीति


एमालेको नुवाकोट पार्टी कार्यालयमा भित्र बैठक, बाहिर प्रहरीको घेरा

एमालेको नुवाकोट पार्टी कार्यालयमा भित्र बैठक, बाहिर प्रहरीको घेरा

नेपालखबर
बैशाख ९, २०७८ बिहिबार ७:३,

नेकपा एमाले नुवाकोट जिल्ला कमिटीको बैठक बस्दै गर्दा प्रहरीले जिल्ला पार्टी कार्यालय घेराउ गरेको छ।

नुवाकोट जिल्ला कमिटीका अध्यक्ष नारायण खतिवडाको अध्यक्षतामा बैठक बस्दै गर्दा प्रहरीले घेरा हालेको हो।

सांसद समेत रहेका खतिवडा माधवकुमार नेपाल पक्षका नेता हुन्।

UML Nuwakot 1 1

‘पार्टीमा विवाद सुरु भएपछि हामीहरु दुवै पक्षबीच आआफ्नो आवश्यकताअनुसार कार्यालयमा बैठक गर्न सकिने सहमति भएको थियो। त्यसैअनुसार दुवै पक्षले पार्टी कार्यालयको प्रयोग गर्दै आएका थियौं। तर आज बैठक गर्न आउँदा प्रहरीले रोक्यो,’ जिल्ला कमिटीकी सचिवालय सदस्य उषाकिरण तिमल्सिनामा भनिन्, ‘हामीले अहिले कार्यालयमा बैठक गरिरहेका छौं। प्रहरीले निकाल्न खोजिरहेको छ। यो राज्य शक्तिको दुरुपयोग हो। केन्द्रमा छलफल गर्ने जिल्लामा प्रहरी तैनाथ गरेर आतंकित बनाउन खोजिएको छ।’

UML Nuwakot 2

तिमल्सिनाकाअनुसार सो स्थानमा तैनाथ प्रहरी अधिकृतले जिल्ला सुरक्षा समितिको बैठकमा नेपाल पक्षलाई पार्टी कार्यालय प्रयोग गर्न नदिने निर्णय भएको भनी सोहिअनुसार प्रवेशमा रोक लगाएको बताएका थिए।

प्रहरीले भने दुवै पक्षबीच भिडन्त हुनसक्ने संभावनालाई ध्यानमा राखेर सुरक्षा व्यवस्था गरिएको बताएको छ।

UML Nuwakot 4

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख एसपी तुलाबहादुर कार्कीले दुवै पक्षबीच कुनै प्रकारको तनाव नहोस् भनेर प्रहरी पठाएको बताए।

UML Nuwakot 6

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad