त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्याण्ड्सविरुद्ध घरेलु टोली नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो।
खेल दिउँसो सवा १ बजे सुरु हुनेछ।
नेपालले आजको खेलमा कुनै खेलाडी परिवर्तन गरेको छैन। नेपालले मलेसिया विरुद्धकै टोली मैदान उतार्न लागेको छ।
नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै सिरिजको फाइनलमा पुग्न चाहान्छ। नेपालले सिरिजका आफ्ना दुई खेलमा नेदरल्याण्डस् र मलेसियालाई समान ९ विकेटले पराजित गरेको थियो। उता मेलसियालाई १५ रनले पराजित गरेको नेदरल्याण्ड्स दोस्रो जितको खोजीमा छ।
तीन टोली सहभागी सिरिजमा नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ। नेदरल्याण्ड्स दोस्रो र मलेसिया तेस्रो स्थानमा छ। सहभागी शीर्ष २ टोलीले फाइनल खेल्नेछन्।

प्रतिक्रिया