कोरोना भाइरसका संक्रमित गत वर्षभन्दाका तीव्र गतिमा बढ्न थालेपछि दिल्लीका मुख्यमन्त्रीले सोमबार एकहप्ताको लागि लकडाउनको घोषणा गरेका थिए।
उनले दिल्लीका मजदुरहरुलाई शहर नछाड्न आग्रह गरेका थिए। तर भोकमरीको चिन्ताले मजदुरले दिल्ली छाड्न थालेका छन्।
सयौंको संख्यामा मजदुरहरु दिल्लीका हरेक स्थानमा घर जानका लागि जम्मा भएको बीबीसीहिन्दीले जनाएको छ।
हाल आनन्द बिहार लगायत विभिन्न स्थानमा प्रहरीले मजदुरहरुलाई आफू पहिल्यै बसेको स्थानमा जान आग्रह गरिरहेका छन् तर मजदुरहरुले आफूलाई घर फर्काइदिन माग गरिरहेका छन्।
गतवर्ष जसरी मानिसहरु घर फर्किन सडकमा जम्मा भएका थिए दिल्लीमा सोही घटना झझल्को दिने दृश्य देखिएका छन्।
दैनिक ज्यालादारीमा निर्भर मजदुरहरुले एकहप्ता काम नै नहुने भएपछि आफूहरु भोकमरीको चपेटामा पर्ने गुनासो गर्दै घर फर्काइदिन आग्रह गरिरहेका हुन्।
उनीहरु भन्छन्,‘दिल्लीमै बसे चोरेर खानुपर्ने अवस्था आउनसक्छ। त्यसकारण घर जान चाहन्छौं।’
भारतमा यतिबेला दैनिक २ लाखभन्दा बढीको दरले कोरोना संक्रमित थपिरहेका छन्।
कोरोनाविरुद्धको खोप कार्यक्रम जारी रहँदा पनि त्यहाँ झनै संक्रमितहरु तीव्र गतिमा बढिरहेका हुन्।








प्रतिक्रिया