खेल


कोरोना संक्रमित भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

कोरोना संक्रमित भारतका पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ६:६,

कोरोना संक्रमण भएका भारतका चर्चित पूर्व क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्।

शुक्रबार तेन्दुलकरले सामाजिक सञ्जाल ट्विटरमार्फत आफू अस्पताल भर्ना भएको जानकारी दिएका हुन्।

आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिँदै उनले आफू चिकित्सकको सल्लाह बमोजिम अस्पताल भर्ना भएको र केही दिनमै निको भएर घर फर्कने आशा व्यक्त गरेका छन्।

‘मेरो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद। चिकित्सकको चिकित्सा सल्लाह अनुसार मलाई अस्पतालमा भर्ना गरिएको छ। म केही दिनमा घर फर्कने आशा गर्दछु। तपार्यं सबैले आफ्नो ख्याल राख्नुहोस् र सुरक्षित रहनुहोस्’, सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्।

उनले आफ्नो स्वास्थ्य अवस्था कस्तो छ भन्नेबारे केही उल्लेख गरेका छैनन्।

तेन्दुलकरलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि उनी घरमै आइसोलेसनमा बसेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad