खेल


एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण

नेपालखबर
चैत २०, २०७७ शुक्रबार ५:५७,

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङ एसियाकै उत्कृष्ट  खेलाडीको सूचीमा परेका छन्। यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुन्।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन्।

‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका अली माबखोत, कतारका मोहम्मद मुन्तरी, जापानका युया ओसाका, इरानका सरदार अजमोन, साउदी अरेबियाका सालेह अल सेहरी, इराकका अला अली मवाई, बहराइनका मोहमद मरहुन, जोर्डनका मुसा अल तामरी, ताजिकिस्तानका नका अलिसेर जालिलोभ परेका छन्।

पछिल्लो साता अन्तर्राष्ट्रिय फुटबलमा गरेको प्रदर्शनका आधारमा उनीहरूलाई छनोट गरिएको पनि एएफसीले जनाएको छ।

Azmoun, Osako, Mabkhout and more Vote for your AFC National Team Player of the Week!

पछिल्लो साता नेपालले घरेलु मैदानमा थ्री नेसन्स कप खेलेको थियो। किरणको कप्तानीमा नेपालले उपाधि नै जितेको थियो।

गोलरक्षक समेत रहेका किरणले एक गोलमात्रै ब्यहोरेका थिए। समूह चरणमा किर्गिस्तानको यू–२३ र बंगलादेशी टोलीसँग क्लिनसिट राखेका किरणले फाइनलमा बंगलादेशसँग एक गोल ब्यहोरेका थिए।

मनोनयनमा परेका खेलाडीहरुलाई एएफसीको वेबसाइटमार्फत भोट दिन सकिन्छ। सर्वाधिक भोट पाउने मध्ये एक खेलाडी विजेता चयन हुनेछ।

एएफसीले किरणका बारे लेखेको छ, ‘सन् २०१९ सेप्टेम्बर देखि गोल नगरेको नेपालले यसैहप्ता बंगलादेशलाई २–१ ले हराएर काठमाडौंमा थ्री नेसन्स कप जित्यो। त्यो सफलताको केन्द्रमा गोलकिपर एवम् कप्तान किरण चेम्जोङ रहे। जसले तीन खेलमा एक गोलमात्रै बेहोरे र विराज महर्जनको बिदाइलाई भव्य बनाइदिए।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad