पीएसजीका खेलकुद निर्देशक लियोनार्दोले खेलपूर्व नेमारले क्लब छाड्ने कुरा पहिलेभन्दा निकै अघि बढेको बताएका थिए। निम्सविरुद्धको खेलका क्रममा समर्थकहरुले 'नेमार जाउ' लेखेका ब्यानर समातेका थिए।
एडिसन काभानीको पेनाल्टीसँगै अग्रता लिएको पीएसजीका लागि क्यालियन एम्बाप्पेले दोस्रो गोल गरेका थिए। यस्तै एम्बाप्पेकै सहायक भुमिकामा एन्जिल डि मारियाले तेस्रो गोल गरे।
गतवर्ष १६ अंकको अग्रतासहित लिगा वानको उपाधि जितेको पीएसजी यस सिजनमा लगातार तेस्रो उपाधि जित्ने लक्ष्यमा छ।

प्रतिक्रिया