फ्रान्सका स्टार स्ट्राइकर किलियन एम्बाप्पेले विश्वकप फुटबलमा लगातार दोस्रोपटक 'गोल्डेन बुट' जितेका छन्।
विश्वकपको इतिहासमै उनी लगातार दुईपटक सर्वाधिक गोलकर्ताको पुरस्कार जित्ने पहिलो खेलाडी बनेका हुन्।
हालको विश्वकपमा उनले ८ खेलमा १० गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेस्सीलाई पछि पारेका हुन्।
यसअघि सन् २०२२ को कतार विश्वकपमा पनि ८ गोल गर्दै एम्बाप्पेले गोल्डेन बुट जितेका थिए।
विश्वकप-२०२६ मा तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा फ्रान्स इङ्गल्यान्डसँग ६–४ ले हारे पनि एम्बाप्पेले २ गोल गरेका थिए। योसँगै यस विश्वकपमा उनले कुल १० गोल गरेका हुन्।
उनले ८ गोल गरेका अर्जेन्टिनाका मेसीसँगै ७ गोल गरेका नर्वेका अर्लिङ हालान्ड र इङ्गल्यान्डका जुड बेलिङ्घम र ६ गोल गरेका ह्यारी केन र ओसमान डेम्बेलेलाई पछि पारेका हुन्।
यस विश्वकपमा एम्बाप्पेले सुरुमा सेनेगलविरुद्धको खेलमा २ गोल गरेका थिए। त्यसपछि इराकविरुद्ध २ गोल, प्रिक्वाटरफाइनल (राउन्ड अफ ३२) मा स्विडेनविरुद्ध २ गोल, क्वाटरफाइनल (राउन्ड अफ १६) मा पाराग्वेविरुद्ध पेनाल्टीमार्फत १ गोल र सेमिफाइनल (क्वाटरफाइनल) मा मोरक्कोविरुद्ध १ गोल गरेका थिए।
Shares

प्रतिक्रिया