खेल


स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

नेपालखबर
साउन ४, २०८३ सोमबार ९:४४, काठमाडौँ

सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ।

अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन। 

उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी माग्दै बाहिरिए।

‘मलाई यो अवसर दिएकामा म अध्यक्षलाई धन्यवाद दिन्छु। यो सबैका लागि सपनाको ठाउँ थियो’, बाहिरिनुअघि पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले अन्तिम मिनेटसम्म आफ्नो तर्फबाट पूरा प्रयास गर्‍यौँ। प्राविधिक टोली र खेलाडीहरूले पनि धेरै मिहिनेत गरे। मलाई लाग्छ- मेरा लागि केही समय निकालेर यसबारे सोच्नु ठिक हुनेछ।’

    अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीको सम्झौता आगामी डिसेम्बरमा सकिँदै छ। उनले यस विषयमा अर्जेन्टिना फुटबल महासंघका अध्यक्षसँग कुरा गर्ने बताए। 

    ‘म अध्यक्षसँग कुरा गर्नेछु। मेरो मनमा एउटा विचार छ। म मेरो सम्झौता पूरा गर्नेछु’, उनले पत्रकार सम्मेलनमा भने, ‘यति ठुलो उपलब्धि दोहोऱ्याउन सकिन्छ वा सकिँदैन, मलाई थाहा छैन।’

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad