एक महिलाको हत्या आरोपमा महोत्तरीको गौशाला नगरपालिका–२ का दशैं ठाकुर र ८ का राजकिशोर गिरीलाई प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय गौशालाले उनीहरुलाई पक्राउ गरेको हो।
५ असारमा गौशाला नगरपालिका–१० की अन्जुकुमारी श्रेष्ठको हत्या भएको थियो। उनी स्थानीय निर्धन उत्थान बैंक कार्यरत थिइन्।
धरिलो हतियार प्रहार गरि भएको सो हत्यामा ठाकुर र गिरीको संलग्नता रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
अनुसन्धानका क्रममा मञ्जुले प्रयोग गरेको मोबाइल गिरीको घरबाट फेला परेको थियो।
त्यसैका आधार अनुसन्धान गर्ने क्रममा उनीहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताए।
पक्राउ परेका दुवैलाई जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान अघि वढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया