भारतीय क्रिकेट टिमका अलराउन्डर युसुफ पठानले क्रिकेटबाट सन्यास लिएका छन्।
शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै ३८ वर्षीय पठानले क्रिकेटका सबै फम्र्याटबाट सन्यास लिएको घोषणा गरेका हुन्।
पठान सन् २००७ को टि–२० र २०११ को ५० एकदिवसीय वल्र्ड कप जित्ने भारतीय क्रिकेट टोलीमा सहभागी थिए।
पठानले भारतका लागि ५७ एकदिवसीय खेलमा ८१० रन बनाएका थिए। उनले ११ टि–२० खेलमा उनको नाममा २३६ रन रहेको छ। त्यस्तै उनले एकदिवसीय खेलमा २ शतक र ३ अर्धशतक बनाएका थिए। यूसुफले वान डे में ३३ र टी–२० मा १४ विकेकट लिएका थिए।
पठानले ट्विटमा लेखेका छन्, ‘पहिलोपटक भारतीय जर्सी लगाएको त्यो दिन मलाई याद छ। त्यो जर्सी मैले मात्र लगाएको थिइन्, त्यो जर्सी मेरो परिवार, प्रशिक्षक, मित्र र पूरै देशले लगाएको थियो। मेरो बाल्यकाल, जीवन क्रिकेटको वरिपरि बित्यो र म अन्तर्राष्ट्रिय, घरेलु र आईपीएल क्रिकेट खेलेँ। तर आज केही फरक छ।’
उनले अगाडि लेखेका छन्, ‘आज कुनै विश्व कप वा आईपीएल फाइनल छैन, तर यो त्यति नै महत्वपूर्ण दिन हो। आज, एक क्रिकेटरको रूपमा मेरो करियर पूर्ण अन्त्य हुँदैछ। म आधिकारिक रूपमा सन्यासको घोषणा गर्दछु।’
I thank my family, friends, fans, teams, coaches and the whole country wholeheartedly for all the support and love. #retirement pic.twitter.com/usOzxer9CE
Shares

प्रतिक्रिया