खेल


रुपन्देही सुपरलिग : बुटवल-११ विजयी

रुपन्देही सुपरलिग : बुटवल-११ विजयी

प्रकाश न्यौपाने
फागुन १४, २०७७ शुक्रबार ११:२२,

भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको डिभिजन ‘ए’को खेलमा बुटवल–११ ले बुटवल राइनोजलाई ११४ रनले पराजित गर्दै जित निकालेको छ। हारसँगै बुटवल राइनोज डिभिजन ‘बी’मा घटुवा भएको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको बुटवल–११ ले निर्धारित ५० ओभरमा ३२.१ ओभर खेल्दै सबै विकेट गुमाई १९९ रनको योगफल बनायो। उसका लागि इशान पाण्डेले ८३ र प्रकाश केसीले ६५ रन बनाए। बलिङमा बुटवल राइनोजका सुगम गमालले ७.१ ओभरमा १ मेर्डन राख्दै ४३ रन खर्चेर ६ विकेट लिए। यस्तै, असलम अली र अरविन्द सारुले समान २-२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको बुटवल राइनोजले २५.४ ओभरमा सबै विकेट गुमाई ८५ रन मात्रै बनायो। उसका लागि सनित श्रेष्ठले १३, सुगम गमालले १२ र अब्दुल नसिमले ११ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बलिङमा बुटवल–११ का इशान पाण्डेले ३, तौसिफ आलम र एजाज आलमले २-२ तथा देवेन्द्र सोमरे र सुदन श्रेष्ठले समान १-१ विकेट लिए । इशान पाण्डे म्यान अफ द म्याच भए।

१७ गते डिभिजन ‘ए’ का बुद्ध क्रिकेट क्लब र बुटवल–११ बीच प्रतिस्पर्धा हुने आयोजक संस्था रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले बताए।

प्रतियोगिताको विजेता टिमले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५-५ हजार तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार र म्यान अफ द फाइनललाई ५ हजार रुपैयाँ प्रदान गरिने छ।

नेपाल टेलिकम मुख्य प्रायोजक रहेको प्रतियोगिताको सहप्रायोजकमा विके ज्वेलर्स र सगरमाथा इन्स्योरेन्स छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad