खेल


एन्फाको १९औं साधारण सभा सानेपामा सुरु

एन्फाको १९औं साधारण सभा सानेपामा सुरु

नेपालखबर
माघ ६, २०७७ मंगलबार ५:१३,

अखिल नेपाल फुटबल संघ (एन्फा) को १९औं साधारण सभा ललितपुरकाे सानेपामा सुरु भएको छ।

साधारण सभामा चालु आर्थिक वर्षका लागि झन्डै ८६ करोड बजेट प्रस्तुत गर्ने कार्यसूची छ।

कोषाध्यक्ष रविन्द्र जोशीले सोमबारको बैठकमा पेस गरेको ८५ करोड ६६ लाख ४२ हजार २ सय ४० रुपैयाँको अनुमानित बटेजलाई साधारण सभामा प्रस्तुत गर्ने हिजो बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो।

जारी साधारण सभामा खोटाङ, मनाङ र नवपरासी सुस्ता पूर्व जिल्लालाई प्रदान गरेको एन्फाको सदस्यता अनुमोदनका लागि प्रस्तुत गरिनेछ। सभाले अनुमोदन गरेमा एन्फाका सदस्य जिल्ला ४८ पुग्नेछ।

त्यस्तै एन्फा विधान संशाेधन मस्यौदा समितिले तयार पारेको तीनमहले प्रस्ताव साधारण सभामा प्रस्तुत गर्ने कार्यसूची छ।

साधारण सभामा एन्फा ९९ सदस्य संस्था जिल्ला, क्लब (ए,बी,सी), प्रदेश, ४ समिति (महिला, रेफ्री, खेलाडी, प्रशिक्षक), परिवेक्षक गरि झन्डै २ सय जनाको सहभागिता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad