अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको ४ दिनपछि प्रहरीले उनको डाक्टर लियोपोल्डो लुककाे क्लिनिक र घरमा छापा मारेको छ।
म्याराडोना विश्व चर्चित फुटबलरमध्ये एक हुन्।
प्रहरीले छापामारी गर्नुको कारण के हो भने कतै उनको उपचारमा कुनै लापरबाही भएको थियो कि?
६० वर्षीय म्याराडोनाको यही नोभेम्बर २५ तारिख अर्जेेन्टिनाको राजधानी ब्युनस आइरसस्थित आफ्नै निवासमा हृदयाघात भएर निधन भएको थियो।
म्याराडोनाकी छोरीले आफ्ना बुबालाई कुन औषधि दिइएको थियो, त्यसको अनुसन्धान गर्न माग गरेकी छन्।
नोभेम्बरको सुरुवातमा पनि म्याराडोनाको मस्तिष्कबाट रगतको थेग्लो निकाल्न सफल अपरेसन गरिएको थियो। यसबाहेक उनको मदिरा लत छुटाउन पनि उपचार भइरहेको थियो।
डाक्टर लुकले भनेका छन्, ‘मैले अनुसन्धानका लागि प्रहरीलाई सहयोग गरिरहेको छु।’
उनले अगाडि भनेका छन्, ‘म्याराडोनालाई बचाउन अन्तिम समयसम्म सबै प्रयास गरियो।’
करिब ३० प्रहरीले स्थानीय समयानुसार आइतबार बिहान डा. लुकको घरमा तथा अन्य ३० प्रहरीले ब्युनस आइरसस्थित क्लिनिकमा छापा मारेका हुन्। बीबीसीबाट
Shares

प्रतिक्रिया