समाज


इन्डोनेसियामा भयंकर ज्वालामुखी विस्फोट, २६ गाउँका २७ सय मानिस विस्थापित

इन्डोनेसियामा भयंकर ज्वालामुखी विस्फोट, २६ गाउँका २७ सय मानिस विस्थापित

नेपालखबर
मंसिर १४, २०७७ आइतबार २३:३८,

इन्डोनेसियामा भयंकर ज्वालमुखी विस्फोट भएको छ। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इन्डानेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो आइतबार ज्वालामुखी फुटेको हो।

समाचार एजेन्सी आइएएनएसका अनुसार ज्वालामुखी विस्फोटका कारण ४ हजार मिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो।

जसले त्यस क्षेत्रको पर्यावरणमा ठूलो प्रभाव परेको बताइएको छ।

सामाचार एजेन्सी सिन्ह्वाका अनुसार ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन जारी गरिएको छ।

समुद्री सतहबाट १ हजार १८ मिटर उचाइमा विस्फोट भएको ज्वालामुखी आसपासबाट २ किलोमिटरको क्षेत्रसम्म कुनै गतिविधि नगर्न भनिएको छ।

विस्फोटपछि आसपासका २६ गाउँका २ हजार ७ सय ६० जनाले घर छाडेका छन्। विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .