खेल


आइपिएल फाइनल: मुम्बईको पाँचौँ जित, कप्तान रोहित शर्माको किर्तिमानको वर्षा

आइपिएल फाइनल: मुम्बईको पाँचौँ जित, कप्तान रोहित शर्माको किर्तिमानको वर्षा

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ४:२,

इण्डियन प्रियिमर लिग (आइपिएल) को १३ औं सिजनमा मुम्बइ इण्डियन्सले पाँचौ पटक उपाधि जित्दै इतिहास रचेको छ। खेलमा कप्तान रोहित शर्माले पनि थुप्रै किर्तिमान कायम गरे।

मगंलबार राति भएको खेलमा मुम्बइले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै उपाधि उचाल्दा जारी सिजनमा मात्र मुम्बइले दिल्लीलाई चौथो पटक हराएको हो।

लिग चरणमा २ पटक, पहिलो क्वालिफायरमा र फाइनलमा मुम्बइले दिल्लीलाइ हरायो। कप्तान रोहित शर्माले दिल्लीविरुद्धको खेलमा उत्कृष्ट कप्तानी पारी खेल्दै मुम्बइलाई उपाधि मात्र जिताएनन् थुप्रै व्यक्तिगत किर्तिमानी पनि आफ्नो नाममा पारे।

जारी सिजनको फाइनल खेल रोहित शर्माको लागि अझ विशेष थियो। उनले आइपीएलमा २ सयौं खेलको आँकडा पूरा गरे। जुन खेलमा उनले उपाधि उचाल्दै इतिहास बनाए। यसअघि आइपीएलमा महेन्द्र सिहं धोनीले २ सय ४ म्याच खेल्दै धेरै आइपीएल खेल्ने खेलाडीको शीर्ष स्थानमा छन्।

आइपिएल इतिहासमा रोहित शर्मा धेरै उपाधि जित्ने खेलाडी समेत बने। उनले ६ पटक आइपिएलको उपाधि जिताउने काम गरे। ५ पटक मुम्बईका लागि उपाधि उचालेका उनले एक पटक डेक्कन चार्जसका लागि उपाधि उचालेका थिए।

यही बीचमा कप्तान शर्माले फाइनलमा थुप्रै रेकर्ड पनि कायम गरे। मुम्बइले ५ पटक उपाधि उचाल्दा ४ पटक विकेट र १ पटक रनले पराजित गर्दै उपाधि उचालेको हो।

मुम्बइलाई उपाधि जिताउन कप्तान शर्माले ६८ रनको उत्कृष्ट पारी खेल्दै फाइनल खेलमा धेरै रन बनाउने दोस्रो कप्तान समेत बने।

जारी सिजनको फाइनलमा दुवै टोलीका कप्तानले अर्धशतक पुरा गरे। यसअघि सन् २०१६ को फाइनलमा दुवै टोलीका कप्तानले अर्धशतक प्रहार गरेका थिए।

२०१६ को फाइनलमा डेविड वार्नरले ६९ रनको उत्कृष्ट पारी खेलेका थिए। रोयल च्यालेन्जर्स बैग्लोरका कप्तान विराट कोहलीले ५४ रनको पारी खेलेका थिए। जारी सिजनमा दिल्लीका कप्तान श्रेयर ऐयरले ४९ बलमा ६५ रन जोडे भने रोहित शर्माले ५० बलमा ६८ रन जोडे।

फाइनल खेलमा धेरै रन बनाउने कप्तानको सूचीमा डेविड वार्नर ६९ रनमा शीर्ष स्थानमा छन्।
यस्तै कप्तान शर्माले मुम्बइ इण्डियन्सका लागि ४ हजार रनको आँकडा पनि पुरा गरे। उनले यो आँकडा ८ रन जोड्दा नै पुरा गरेका थिए। उनले मुम्बइबाट खेल्दै ४०६८ रन बनाइसकेका छन्।

आइपिएलमा कप्तानीको भूमीकामा उनले ३ हजार रन पुरा गर्ने रेकर्ड पनि आफ्नो नाममा गरेका छन्। उनले यो आँकडा ४३ रन पुरा गर्दा पार गरेका थिए। कप्तानीको रुपमा उनले ३०२५ रन पुरा गरे।

जारी सिजनमा कप्तान शर्माले १२ म्याच मात्र खेले। चोटका कारण केही समय मैदान बाहिर रहेका उनले पुनरागम खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्न सकेका थिएनन्। शर्माले १२ खेलमा ३ सय ३२ रन जोडे। १२ खेलमा औसत ३०.१८ मा स्ट्राइक रेट १२७.६९ रह्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad