विश्वकप फुटबल अन्तर्गत भर्खरै सकिएको समूह ‘डी’को खेलमा पाराग्वे र अस्ट्रेलियाले गोलरहित बराबरी खेलका छन्।
सान फ्रान्सिस्को स्टेडियममा भएको खेलमा दुवै टाेलीले गोल गर्न सकेनन्।
तर गाेल विहीन बने पनि अस्ट्रेलिया समूह ‘डी’को उपविजेता हुँदै नकआउट चरणमा प्रवेश गरिसकेको छ।
यो समूहबाट ६ अंकसहित अमेरिका विजेता र अस्ट्रेलिया ४ अंकसहित उपविजेता हुँदै नकआउट चरणमा गएका हुन्।
यो समूहबाट पाराग्वेको पनि ४ अंक छ। पाराग्वेको भने नकआउट चरणमा पुग्ने सम्भावना अझै सकिएको छैन।
सोही समूहमा रहेको टर्की भने ३ अङ्कका साथ प्रतियोगिताबाट बाहिरिएको छ।
48
Shares

प्रतिक्रिया