खेल


एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला

नेपालखबर
असार १२, २०८३ शुक्रबार १८:२०, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि खेलाडी दर्ता खुला गरिएको छ। 

शुक्रबार नेपाल क्रिकेट संघले एनपीएलका लागि खेलाडी दर्ता खुला गरिएको जनाएको छ। संघका सचिव पारश खड्काले प्रेस विज्ञप्ति जारी गरी शुक्रबारदेखि नै खेलाडी दर्ता सुरु गरिएको जानकारी दिएका छन्। 

एनपीएलको अक्सनका लागि खेलाडीले नाम दर्ता गराउन असार १२ देखि १७ गतेसम्मको समय तोकिएको छ। नाम दर्ता गराएकै खेलाडीबाट असार २२ गते अक्सन हुने सचिव खड्काले जनाएका छन्। 

अनलाइनबाट नाम दर्ता गर्न सकिनेछ। एनपीएलको वेबसाइटमा गएर अक्सनका लागि नाम दर्ता गराउने व्यवस्था गरिएको संघले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad