राजनीति


बिहारमा पूर्व मुख्यमन्त्री लालुप्रसादका छोरा बने सबैभन्दा ठूलो दलको नेता

बिहारमा पूर्व मुख्यमन्त्री लालुप्रसादका छोरा बने सबैभन्दा ठूलो दलको नेता

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ३:४०,

भारतको बिहार विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी यादव नेतृत्वको राष्ट्रिय जनता दल (आरजेडी) सबैभन्दा ठूलो पार्टी बनेको छ।

चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदी र बिहारका मुख्यमन्त्री नितिशकुमार नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत ल्याए पनि पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवका छोरा तेजस्वी नेतृत्वको आरजेडी ७५ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको हो।

मंगलबार राति आएको अन्तिम मत परिणामअनुसार २ सय ४३ सिटमध्ये तेजस्वी नेतृत्वको आरजेडी गठबन्धनले एक सय १० सिट जितेको छ। यो गठबन्धनको राष्ट्रिय जनता दलले ७५ सिट जितेर सबैभन्दा ठूलो पार्टी बनेको छ भने कांग्रेसले १९, भाकपा र माकपाले २–२ सिट जितेका छन्। त्यस्तै एआईएमआईएमले ५, लोजपा र बसपाले १–१ तथा स्वतन्त्र उम्मेदवारले एक सिट जितेका छन्।

बहुमत नितिशकुमार नेतृत्वको एनडीएले ल्याएकाले सबैभन्दा ठूलो पार्टी बनेपनि आरजेडी विपक्षमा रहने छ।

सत्तारूढ राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले १ सय २५ सिटसहित बहुमत प्राप्त गरेको छ। चुनावमा मुख्यमन्त्री नितिशकुमारको जनता दल युनाइटेड ४३ सिट मात्रै ल्याएर तेस्रो ठूलो पार्टी बनेको छ।

सत्तारूढ एनडीएमा आबद्ध भाजपा ७४ सिट जितेर दोस्रो भएको छ। यो नतिजालाई बिहारमा मोदीको पराजयको रुपमा हेरिएको छ। विकासशील इन्सान पार्टी (भीआईपी) र हिन्दुस्तानी अवाम मोर्चाले ४–४ सिट जितेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad