खेल


कुरासाओलाई २-० ले पराजित गर्दै आइभरी कोस्ट पहिलोपटक नकआउट चरणमा

कुरासाओलाई २-० ले पराजित गर्दै आइभरी कोस्ट पहिलोपटक नकआउट चरणमा

नेपालखबर
असार १२, २०८३ शुक्रबार ९:२६, काठमाडौँ

फिफा विश्वकप-२०२६ अन्तर्गत शुक्रबार बिहान भएको समूह ‘ई’को खेलमा कुरासाओलाई पराजित गर्दै आइभरी कोस्ट पहिलोपटक नकआउट चरणमा प्रवेश गरेको छ। 

आइभरी कोस्टले कुरासाओविरुद्ध २–० गोलअन्तरको जित निकालेको हो। यो जितसँगै ६ अंकसहित आइभरी कोस्ट नकआउट चरणमा पुगेको छ। 

आइभरी कोस्टका लागि दुवै गोल निकोलस पेपेले गरे। उनले खेलको ७ औँ र ६४ औँ मिनेटमा गरेको गोलसँगै आइभारी कोस्टले इतिहास रचेको छ। 

यो समूहबाट जर्मनी ३ खेलमा २ जित र एक हारसँगै ६ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा रहँदै समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad