ad ad

खेल


सन्दीप लामिछाने पर्न सकेनन् एलपीएलमा

सन्दीप लामिछाने पर्न सकेनन् एलपीएलमा

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार २:४७,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपीएल) को ड्राफ्टमा कुनै टोलीमा पर्न सकेनन्।

श्रीलंका क्रिकेट बोर्डले गर्ने एलपीएलमा सन्दीप र अर्का नेपाली सुमन गौतमलाइ कुनै टोलीले अनुबन्ध नगरेको हो।
सोमबार अनलाइन माध्यमबाट भएको ड्राफ्ट २० राउन्डसम्म चलेको थियो। सन्दीप हाल संयुक्त अरब इमिरेन्ट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्स्बाट खेलिरहेका छन्।

नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म श्रीलंकामा हुने लिगमा २३ खेल हुने छन्। लिगमा कोलोम्बो किंग्स, डम्बुल्ला हक्स, गाल्ले ग्ल्याडियटर्स, क्यान्डी टस्कर्स र जाफना स्टेलियन्स गरि ५ फ्रेन्चाइज टोली सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .