ad ad

समाज


कोरोना संक्रमणबाट रुपन्देहीमा ४१ वर्षीया महिलाको मृत्यु

 कोरोना संक्रमणबाट रुपन्देहीमा ४१ वर्षीया महिलाको मृत्यु

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार २:४९,

रुपन्देहीको बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एक जना संक्रमितको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिका ११ की ४१ वर्षीया महिलाको उपचारको क्रममा आज (मंगलबार) बिहान मृत्यु भएको हो।

सोमबार कोरोना संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएकी उनलाई आईसीयू राखेर उपचार गरिएको थियो। उनका आज विहान ५ः १० बजे मृत्यु भएको अस्पतालका कोरोना फोकलपर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

उनमा सुगरको समस्यासमेत रहेको थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .