अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बुधबार राति मेक्सिकोसँग नेदरल्याण्ड्सले हार ब्यहोरेको छ।
दोस्रो हाफमा राउल जिमानिजले पेनाल्टीमार्फत गोल गर्दै मेक्सिकोलाई १–० को जित दिलाएका थिए।
नाथन आकेले पेनाल्टी बक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई राउलले गोलमा परिणत गरेका थिए।
अन्त्यतिर मेम्फाइस डिपेको प्रहार पोस्टमा लागेर फर्केपछि नेदरल्याण्ड्सले बराबरी गोल गर्न सकेन।
नेदरल्याण्ड्सका प्रशिक्षक फ्रांक डी बेरको यो पहिलो खेल थियो। जसमा उनले हारको सामना गर्नुपर्यो।
नेदरल्याड्सले आइतबार नेसन्स लिगमा बोस्नियासँग खेल्दैछ।
3
Shares

प्रतिक्रिया