इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा वेष्ट ह्याम यूनाइटेडले लेस्टर सिटीलाई ३–० ले हराउँदै स्तब्ध पारेको छ।
यो हारसँगै यस सिजनमा लेस्टरको अपराजित यात्रा पनि टुंग्गिएको छ। यसअघि टोलीले लगातार चार खेलमा जित हात पारेको थियो।
खेलको १४ औं मिनेटमा मिकहेल एन्टिनियोले आरोपन क्रिसवेलको पासमा हेडर गर्दै वेष्टह्यामलाई अग्रता दिलाएका थिए।
क्रिसवेलकै पासमा पाब्लो फोर्नालले ३४ औं मिनेटमा वेष्टह्यामको अग्रता दोब्बर पारे। यस्तै ८३औं मिनेटमा जोार्ड बोमनले गोल गर्दै वेष्टह्यामलाई ३–० को जित दिलाए।
हारपछि पनि लेस्टर ९ अंकका साथ दोस्रो स्थानमा कायमै छ। वेष्टह्यामले भने ६ अंकसहित आठौं स्थानमा छ।
प्रतिक्रिया