खेल


पीएल सिंह स्मृति कप असार पहिलो साता, विजेतालाई ११ लाख पुरस्कार

पीएल सिंह स्मृति कप असार पहिलो साता, विजेतालाई ११ लाख पुरस्कार

नेपालखबर
जेठ २७, २०८३ बुधबार १९:७, काठमाडौँ

पीएल सिंह स्मृति टी-२० कप आउँदो असार पहिलो साता हुने भएको छ। 

काठमाडौँ महानगरपालिकाले बुधबार पत्रकार सम्मेलन गरेर पीएल सिंह स्मृति कपबारे जानकारी दिएको छ। बागमती प्रदेश क्रिकेट संघको व्यवस्थापना र प्राविधिक सहयोगमा काठमार्डौँ महानगरले प्रतियोगिता आयोजना गर्न लागेको हो। 

असार ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा ६ वटै महानगरका टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितामा काठमाडौँ, ललितपुर, भरतपुर, वीरगञ्ज, विराटनगर र पोखरा महानगरका ‘मेयर–११’ टोलीले प्रतिस्पर्धा गर्ने जनाइएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताका विजेतालाई ट्रफी र मेडलसहित ११ लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, उपविजेता टोलीले पाँच लाख नगद पुरस्कार पाउने जनाइएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad