खेल


राखेपको उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठ नियुक्त, सदस्यमा को-को?

राखेपको उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठ नियुक्त, सदस्यमा को-को?

नेपालखबर
जेठ २७, २०८३ बुधबार २१:४२, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को उपाध्यक्षमा फुटबलर विशाल श्रेष्ठ नियुक्त भएका छन्। त्यस्तै बोर्डको सदस्यहरूमा सिक्का सुवाल (टेबल टेनिस), शक्ति गौचन (क्रिकेट), मोनालिसा खुम्बु (चेस) र पवन शाही (फुटबल) नियुक्त भएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

उपाध्यक्ष नियुक्त भएका श्रेष्ठले दुई वर्षअघि सन्यास लिएका थिए। बुधबार मात्रै उनले औपचारिकरूमा खेलाडी जीवनलाई पूर्णविराम लगाएको घोषणा गरेका थिए।

‘युथ राष्ट्रिय टोलीदेखि सिनियर राष्ट्रिय टोलीसम्मको खेलाडी जीवनको यी झन्डै २२/२३ वर्षको मेरो यात्रालाई आजबाट पूर्णविराम लगाएको छु,’ उनले लेखेका छन्, ‘धेरै दुःख, संघर्ष तथा मेहेनत सहित बिताएका यी अविस्मरणीय पलहरु अब सम्झनामा मात्रै रहने भएको छ।’

उनले अबको समय देशमै रहेर खेलप्रतिको आफ्नो उत्तरदायित्व निर्वाह गर्ने बताएका थिए।

यो पनि
शालीन खेलाडी विशाल, जो लामो समय किरणको छायामा परे

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad