ad ad

समाज


किशोरी बलात्कार हत्या प्रकरण : १४ जना शंकास्पद व्यक्तिसँग सोधपुछ

किशोरी बलात्कार हत्या प्रकरण : १४ जना शंकास्पद व्यक्तिसँग सोधपुछ

शैलेन्द्र महतो
असोज १८, २०७७ आइतबार १३:३७,

रौतहट प्रहरीले किशोरी संझा साहको बलात्कार गरी हत्या गर्ने अपराधी पत्ता लगाउन शंकास्पद व्यक्तिहरुसँग सोधपुछ थालेको छ।

शनिबार र आइतबार गरी १४ शंकास्पद व्यक्तिलाई बोलाएर घटना विषयमा सोधपुछ गरेको रौतहटका प्रहरी उपरीक्षक सिद्धिविक्रम साहले जानकारी दिए।

‘संझा हत्या घटना प्रकरणको अनुसन्धान गम्भीर रुपले भइरहेको छ। अहिलेसम्म १४ जना शंकास्पद व्यक्तिलाई बोलाएर सोधपुछ गरेका छौँ। अपराधी नै पत्ता लागिसकेको छैन। अपराधी खोज्दै छौं’ उनले भने।

मावली घर वृन्दावन नगरपालिका ४ मा बस्दै आएकी संझा शुक्रबार बिहान घाँस लिन गएको बेला उनको बालत्कार गरी हत्या भएको थियो। हत्या भएको अवस्थामा उनको नग्न शव घरभन्दा करिब पाँचसय मिटरको दूरीमा पल्टुवा टोल नजिक बागमती नहरको छेउको उखु खेतमा अपराहन्न ४ बजे फेला परेको थियो।

घटनास्थलको डग टोलीद्वारा अनुसन्धान गरी संझाको शवलाई भेटको झण्डै १८ घण्टा पश्चात उठाएर पोस्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगिएको थियो। रौतहटको गढीमाई नगरपालिका १ का सीतारम साह कानुकी छोरी संझा सानै उमेरदेखि मावली वृन्दावन नगरपालिका ४ मा मामा बैजनाथ साहको घरमा बस्दै आएकी थिइन्।

याे पनि: रातभरि प्रहरी घेरामा रहेको बलात्कृत किशोरीको शव १८ घण्टापछि उठ्यो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .