खेल


विश्वकपका खेल प्रशासनको अनुमतिविना राति ठूलो पर्दामा देखाउन नपाइने

विश्वकपका खेल प्रशासनको अनुमतिविना राति ठूलो पर्दामा देखाउन नपाइने

नेपालखबर
जेठ २८, २०८३ बिहिबार १९:१३, काठमाडौँ

फिफा विश्वकप फुटबलका खेल काठमाडौँमा अनुमतिविना ठूलो पर्दामा देखाउन नपाइने भएको छ। 

बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले सूचना जारी गरी विश्वकपका खेल अनुमतिविना ठूलो पर्दामा नदेखाउन सचेत गराएका छन्।

‘फिफा विश्वकप फुटबल २०२६ का खेलहरू काठमाडौँ जिल्लाभित्र सामूहिक रुपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि संघ संस्था वा कम्पनीले यस कार्यालयबाट पूर्व स्वीकृति नलिई रातको समयमा ठूलो पर्दामा खेल देखाउने बहानामा भीड जम्मा गरी समुदायमा असर पर्ने एवं शान्ति सुरक्षा खलबल्याउने गतिविधि नगर्न नगराउन सम्बद्ध सबैलाई जानकारीको लागि अनुरोध छ,’ सूचनामा भनिएको छ। 

अनुमति लिनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालयको वेबसाइटबाट राखिएको जनाएको छ। निवेदन दिएपछि पनि शर्तहरू पालना हुने नहुने यकिन गरेर मात्रै अनुमति दिइने सूचनामा उल्लेख छ। 

अनुमतिविना खेल देखाएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले सचेत गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad