नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले मार्की खेलाडी आसिफ शेखलाई ‘रिलिज’ गरेको छ।
एनपीएलमा मार्की खेलाडीलाई रिलिज गर्ने जनकपुर पहिलो टोली हो। अहिलेसम्म अन्य टोलीले मार्की खेलाडीलाई रिलिज गरेका छैनन्। आसिफ दुई संस्करणमा लगातार जनकपुरका मार्की खेलाडी थिए।
जनकपुरले आसिफसँगै सात खेलाडीलाई रिलिज गरेको छ। त्यस्तै, पाँच खेलाडीलाई रिटेन गरेको छ। ललित राजवंशी, अनिल साह, मयान यादव, विकास आग्री र आदित्य महतालाई रिटेन गरेको छ।
जनकपुरले रिलिज गरेका खेलाडीमा आसिफसँगै किशोर महतो, शुभ कंसाकार, तुलबहादुर थापा, पप्पु यादव, सचिन भट्ट र रुपेश सिंह छन्।
एनपीएलमा मार्कीसहित सात खेलाडीलाई रिटेन गर्न पाइन्छ। तर, जनकपुरले पाँच खेलाडी मात्रै रिटेन गरेको हो।
एनपीएलको पहिलो संस्करणमा विजेता बनेको जनकपुर गत संस्करणमा भने आठौँ स्थानमा रहेको थियो।
Shares

प्रतिक्रिया