नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।
शुक्रबार प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार भने दुई सयले बढेर ९४ हजार पाँच सयमा कारोबार भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनमा पनि आज प्रतितोला दुई सय रुपैयाँ वृद्धि भएको छ। शुक्रबार प्रतितोला ९३ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज ९४ हजारमा कारोबार भएको छ।
चाँदीको मूल्य पनि आज प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ।
शुक्रबार प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ रहेको चाँदी आज भने एक हजार सय ८० रुपैयाँमा कारोबार भएको। पछिल्ला दिन यता सुनको मूल्यमा तिब्र उतारचढाव भइरहेको छ। रासस
प्रतिक्रिया