नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘प्लेयर अफ द मन्थ’ का लागि मनोनयन सूचीमा परेका छन्।
हरेक महिना प्रदान गर्ने यस्तो अवार्डमा तीन जना अन्तर्राष्ट्रियस्तरका खेलाडीहरूलाई मनोनयन गर्ने गरिन्छ। मे महिनाका लागि सार्वजनिक गरिएको मनोनयन सूचीका लागि दीपेन्द्रसँगै बंगलादेशी खेलाडीहरू मुस्फिकर रहिम र ताइजुल इस्लाम पनि मनोनयनमा परेका छन्।
यो अवार्ड कसलाई दिने भन्ने अनलाइन भोटिङमार्फत निर्णय गरिन्छ। दीपेन्द्र नेपालका लागि अलराउन्डर क्रिकेट खेलाडी हुन्। उनी आईसीसी टी–२० अलराउन्डर वरीयतामा चौथो स्थानमा छन्।
सिंगापुरमा भएको एसियन खेलकुद छनोटमा ऐरीकै कप्तानीमा नेपाल विजेता बन्न सफल भएको थियो।
81
Shares

प्रतिक्रिया