राजनीति


प्रधानमन्त्रीले किन दिए मोदीलाई बधाई?

प्रधानमन्त्रीले किन दिए मोदीलाई बधाई?

नेपालखबर
जेठ २७, २०८३ बुधबार २१:५८, काठमाडौँ

भारतको इतिहासमा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्न सफल भएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बधाई दिएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्स ह्यान्डलबाट मोदीलाई बधाई दिइएको हो।

साथै मोदीको स्वास्थ्य र भारतीय जनताको निरन्तर प्रगति एवं समृद्धिको कामनासमेत गरिएको छ। स्टाटसमा भनिएको छ, ‘हामी हाम्रो सम्बन्धलाई एकदमै महत्त्व दिन्छौँ र त्यसलाई अझै बलियो बनाउन तत्पर छौँ।’

भारतको लोकतान्त्रिक इतिहासमा मोदीले लगातार निर्वाचित प्रधानमन्त्रीमा सबैभन्दा बढी समय काम गर्ने प्रधानमन्त्रीको रेकर्ड बनाएका छन्। उनले भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरुको ६ दशक पुरानो रेकर्ड तोडेका हुन्।

मोदी लगातार प्रधानमन्त्री बनेको बुधबार ४ हजार ३९९ दिन पूरा भएको छ। जबकि नेहरुको कार्यकाल लगातार ४ हजार ३९८ दिनको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी २०१४ मे २६ मा पहिलोपटक प्रधानमन्त्रीको शपथ लिएका थिए। त्यसपछि उनी लगातार प्रधानमन्त्री छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad