खेल


५४ वर्षे टाइसन भन्छन्ः एन्थोनी जोसुवासँग भिड्न मन छ, जोसुवा भने यसो भन्छन्

५४ वर्षे टाइसन भन्छन्ः एन्थोनी जोसुवासँग भिड्न मन छ, जोसुवा भने यसो भन्छन्

नेपालखबर
असोज १०, २०७७ शनिबार १२:१९,

५४ वर्षका टाइसन र जोसुवाबीच २४ वर्षको अन्तर छ। १५ वर्ष अगाडि नै टाइसनले बक्सिङबाट सन्यास लिएका थिए।

तर फेरि उनी बक्सिङमा फर्किएका छन्। टाइसनलाई प्रशिक्षण दिइरहेका राफेल कोरडिरो भन्छन्,‘टाइसनले अहिले पनि हेभिवेट टाइटलको लागि चुनौती दिन सक्छन्।’

टीएमजेट स्पोर्ट्ससँग टाइसनले भनेका छन्,‘सहयोगार्थ खेलका लागि भए म एन्थोनी जोसुवासँग प्रतिस्पर्धा गर्न तयार छु। मलाई उनीसँग भिड्न मन छ। त्यो रोमान्चक खेल हुनेछ।’

आगामी नोभेम्बर २८ मा च्यारिटी खेलका लागि टाइसनले ५१ वर्षका रो जोन्स जुनिएरसँग भिड्दैछन्। उक्त खेल ८ राउण्डको हुनेछ।

Mike Tyson was knocking out grown men at just 12 years old, says former  trainer Teddy Atlas | South China Morning Post

यसअघि गत मे महिनामै एन्थोनी जोसुवाले माइक टाइसनसँग बक्सिङ रिङमा प्रतिस्पर्धा नगर्ने बताइसकेका छन्।

उनले द सनसँग भनेका थिए,‘म सम्मानका साथ भन्छु टाइसनसँग भिड्दिन। यदी मेले खेलेर जितेपनि त्यो जितमा खुशी मनाउने म मात्र हुनेछ। उहाँ दिग्गज बक्सर हुनुहुन्छ। उहाँ आधुनिक युगका महान बक्सर हुनुहुन्छ।’

जोसुवा थप भन्छन्,‘विश्वले चिनेको दुई बक्सरमा मोहम्मद अलि त्यसपछि माइक टाइसन हुनुहुन्छ।’

Joshua knocks out Povetkin: how pundits and boxing fans reacted | The Week  UK

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .