खेल


रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने एक्ला खेलाडी

रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने एक्ला खेलाडी

नेपालखबर
असार १०, २०८३ बुधबार ६:१७, काठमाडौँ

क्रिस्टियानो रोनाल्डोको दुई गोल सहयोगमा पोर्चुगलले फिफा विश्वकप-२०२६ मा पहिलो जित दर्ता गरेको छ। 

मंगलबार राति भएको खेलमा पोर्चुगलले उज्वेकिस्तानमाथि ५-० को फराकिलो जित हात पारेको हो। 

पोर्चुगलको जितमा रोनाल्डोले २ गोल गरे। नुनो मेन्डिस, राफाल लियोले समान एक गोल गर्दा एक गोल पोर्चुगलले आत्मघाती उपहार पायो। 

पहिलो हाफको छैटौँ मिनेटमा नै रोनाल्डोको गोलमा पोर्चुगलले सुरुवाती अग्रता बनाएको थियो। 

योसगैँ रोनाल्डो विश्वकपका ६ संस्करणमा गोल गर्ने एक्ला खेलाडी बनेका छन्। सन् २००६ मा पहिलो विश्वकप खेलेका रोनाल्डोले २०१०, २०१४, २०१८, २०२२ र २०२६ का सबै संस्करणमा गोल गरेका छन्। 

त्यसैगरी रोनाल्डो विश्वकपमा गोलगर्ने दोस्रो सबैभन्दा बढी उमेरको खेलाडी पनि बनेका छन्।

खेलको १७ मिनेटमा नुनो मेन्डेसको गोलमा पोर्चुगलले अग्रता दोब्बर पारे।  खेलको ३१ मिनेटमा उज्वेकिस्तानले गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)को सहयोगमा रेफ्रीले फाउल भन्दै गोल रद्द गरेका थिए। 

३९ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दा पोर्चुगलले पहिलो हाफमा नै ३-० को आरामदायी अग्रता बनायो। 

खेलको ६० मिनेटमा पोर्चुगलले उपहार गोलमा अग्रता फराकिलो पार्‍यो। ८७ मिनेटमा राफलको गोलमा पोरर्चुगलले उज्वेकिस्तानमाथि ५-० को जित दर्ता गर्‍यो। खेलमा रोनाल्डोले ह्याट्रिकको केही अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेनन्। 

जितसगैँ ४ अंक बनाएको पोर्चुगल अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ। 

पोर्चुगलले पहिलो खेलमा डिआर कंगोसँग १-१ को बराबरी गर्दै  अंक बाँडेको थियो। अब समूह चरणको अन्तिम खेलमा पोर्चुगलले कोलम्बियासँग खेल्नेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad