समाज


मकवानपुरको बिमिरेखोलामा एक पुरुषको शव फेला

मकवानपुरको बिमिरेखोलामा एक पुरुषको शव फेला

नेपालखबर
असोज १०, २०७७ शनिबार १२:२६,

मकवानपुरको कैलाश गाउँपालिका–५ बिमिरेखोलामा एक पुरुषको शव भेटिएको छ।

कैलाश–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कका प्रहरी सहायक निरीक्षक तेजनारायण कुँवरले जानकारी दिए।

कैलाश वडा नं १ र ५ को दोभानमा पर्ने बिमिरेखोलामा शनिबार बिहानै शव देखेपछि स्थानीयवासीले वडाध्यक्षलाई खबर गरेका थिए। सिन्तान तीन दिनदेखि हराइरहेको कैलाश–५ का वडाध्यक्ष छेकु लामाले जानकारी दिए।

उनी गत बिहीबार घरबाट खोलापारि बारीमा काम गर्न गएको र त्यसपछि नफर्किएको आफन्तहरुले बताएका छन्। सिन्तान बारीमा काम गर्न निस्केदेखि अविरलरूपमा वर्षा भएको थियो। उनी भोलिपल्ट अबेरसम्म घरमा नआएपछि आफन्तले खोजी शुरु गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .