फिफा विश्वकप २०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा क्रोएसियाले पानामाविरुद्ध १-० को जित निकालेको छ।
टोरन्टो रंगशालामा भएको समूह ‘एल’ अन्तर्गतको यो जितसँगै क्रोएसियाले पहिलो ३ अंक जोडेको छ।
क्रोएसियाका लागि दोस्रो हाफको ५४ औँ मिनेटमा स्ट्राइकर एन्टे बुडिमिरले गोल गरे।
बुडिमिरले गरेको सोही गोल खेलमा निर्णायक बन्यो।
जारी विश्वकपको पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग ४-२ गोलअन्तरले पराजित भएको थियो।
अघिल्लो खेलमा पनि पानामा घानासँग १-० गोलले पराजित बनेको थियो। लगातार दुई खेलमा हार बेहोरेपछि पानामा भने प्रतियोगिताबाट बाहिरिएको छ।
66
Shares

प्रतिक्रिया