कोलम्बिया र डेमोक्रेटिक रिपब्लिक अफ कंगोबीच हाल जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ।
समूह ‘के’मा कोलम्बिया तीन अंकसहित समूहको दोस्रो स्थानमा छ। यो खेलमा जित निकाले कोलम्बिया नकआउट चरणमा प्रवेश गर्ने छ।
मेक्सिकोको ग्वाडालाहारा स्टेडियममा भइरहेको खेलको पहिलो हाफमा कोलम्बियाले दबाब बनाए पनि गोल गर्न असफल रह्यो।
जारी विश्वकपको पहिलो खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३-१ ले पराजित गरेको थियो।
उज्वेकिस्तान पहिलोपटक विश्वकपमा पुगेको हो।
यसअघिको पहिलो खेलमा कंगोले विश्व सुपर स्टार क्रिस्टियानो रोनाल्डो समावेश पोर्चुगललाई १–१ को बराबरीमा रोकेर चर्चा कमाएको थियो।
कंगोले ५२ वर्षपछि विश्वकप खेलेको हो।
9
Shares

प्रतिक्रिया