कोरोना भाइरसको संक्रमणका कारण खेल गतिविधि स्थगित भएपछि स्वदेश फर्केका राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द आज मगंलबार इण्डोनेसिया प्रस्थान गरेका छन्।
लिग वान पुनः सञ्चालन हुने भएपछि चन्द आज इन्डोनेसिया गएका हुन्। एक दशकयता विदेशमा व्यावसायिक फुटबल खेलिरहेका रोहित केही वर्षयता पर्सिजा जाकार्ताबाट खेलिरहेका छन्।
लिग वानको खेल तालिका सार्वजनिक नभए पनि अक्टोबर १ बाट स्थगित लिग पुनः सुरु हुन् भएपछि क्लबले बोलाएको रोहितका दाजु रोविनले जानकारी दिए।
सन् २०१८ मा पर्सिजाले लिग वानको उपाधि जित्दा उनी सर्वोत्कृष्ट खेलाडी समेत घोषित भएका थिए।

प्रतिक्रिया