पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३५६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा ६४७ सहित थप १ हजार ३५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार मंगलबार सबैभन्दा बढी काठमाडौँमा ५११ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै अन्य बढी संक्रमित हुने जिल्लमा मोरङमा १०७, सुनसरीमा ७४, रुपन्देहीमा ७४ ललितपुरमा ७३, भक्तपुरमा ६३ रहेका छन्।
हेरौँ कहाँ कति संक्रमित थपिए?



प्रतिक्रिया