ad ad

खेल


सीपीएलमा सन्दीपको टोलीको जित, अंकतालिकाको तेस्रो स्थानमा उक्लियो जमैका

सीपीएलमा सन्दीपको टोलीको जित, अंकतालिकाको तेस्रो स्थानमा उक्लियो जमैका

नेपालखबर
भदौ १४, २०७७ आइतबार ८:३३,

नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाज क्यारेबियन प्रिमियर लिग (सीपीएल)को तेस्रो स्थानमा उक्लिएको छ। जमैकाले ६ खेलमा ३ मा जित र ३ मा हार भोगेको छ।

गएराति भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियटसलाई ३७ रनले पराजित गरेको हो।

जमैकाले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स १९.४ ओभरमा १ सय १० रनमा अल आउट भयो। केरियल पल र इभिन लुइसले समान २१ रन जोडे।

लगातार खेलमा स्थान बनाइरहेका सन्दीपले आफ्नो स्पेलमा २७ रन खर्चेर २ विकेट झारे। जमैकाले गएरातिको खेलमा सन्दीपलाई १२औँ ओभरमा बलिङमा ल्याएको थियो।

विरसामी पेरुमल, फिडेल एडवारड्र्सले समान २ विकेट लिए। कार्लोस ब्रेथवेटले ३.४ ओभरमा १ मेडन सहित ११ रन खर्चेर ३ विकेट लिए। मुजिब उर रहमानले १ विकेट आफ्नो नाममा लेखाए।

त्यसअघि क्विन्स पार्क ओभलमा टस जितेर ब्याटिङ गरेको जमैकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४७ रनको योगफल तयार पारेको थियो। ओपनर ग्लेन फिलिप्स ६१ बलमा २ चौका र ६ छक्कासहित ७९ रनमा नटआउट रहे।

जारी सीपीएलमा उनको यो दोस्रो अर्धशतक हो। सेन्ट किट्सका लागि कप्तान रायद इम्रिटले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए। इमरान खान, ईस सोधी र शेल्डन कटरेलले समान १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .